बलिउडका कलाकार एउटा फिल्ममा कति लिन्छन् पारिश्रमिक? « Khabarhub

बलिउडका कलाकार एउटा फिल्ममा कति लिन्छन् पारिश्रमिक?


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सेलिब्रेटीले कति कमाइ गर्छन् भन्नेमा सबैको चासो रहन्छ । हरेक सेलिब्रेटीले आफ्नो पारिश्रमिक बढाउँछन् । तर, फिल्म फ्लप भए पनि पारिश्रमिक घटाउँदैनन् । कतिले त फिल्म सफल हुँदा आफ्नो कारण र असफल हुँदा फिल्मलाई दोष दिने गर्छन् । कलाकारले कहिलेकाहीँ त बजार भाउभन्दा बढी पनि पारिश्रमिक माग्ने गरेको खबर चल्ने गर्छ ।

आज भने हामीले कुन कलाकारले कति पारिश्रमिक बुझ्छन् भन्ने बारेमा जानकारी दिन गइरहेका छौँः

रणवीर सिंह

बाजीराव मस्तानीभन्दा पहिले रणवीर सिंहको पारिश्रमिक ५ करोड थियो । उक्त फिल्मपछि अर्को फिल्म पद्मावत् पनि हिट भएपनि उनले १५ देखि १८ करोड लिन थालेका छन् ।

वरुण धवन

वरुण धवनले जति पनि फिल्म गरेका छन्, ती फिल्मबाट उनी चर्चामा छन् । उनले पहिलो ५ देखि ७ करोडसम्म पारिश्रमिक लिने गर्थे । अहिले भने उनले आफ्नो पारिश्रमिक १५ देखि १८ करोड पारिश्रमिक पु¥याएका छन् ।

रणवीर कपूर

रणवीर कपूरका फिल्म फ्लप नै किन नहोऊन् । तर, उनी फ्लप हुँदैनन् । उनको माग पनि उत्तिकै बढेको हुन्छ । चलचित्र सञ्जुभन्दा पहिले उनले २० देखि २५ करोड बुझ्थे । अहिले उनको पारिश्रमिक ३० करोड पुगेको छ ।

अमिताभ बच्चन

अमिताभ बच्चनको उमेरले ७५ पुगिसकेका छन् । तर उनले कैयन् युवा सिताराले भन्दा बढी पारिश्रमिक लिने गर्छन् । उनले फिल्ममा आफ्नो भूमिका कति छ भन्ने आधारमा पारिश्रमिक लिने गर्छन् । उनले प्रति फिल्मबाट १२ देखि १५ करोड रुपैयाँसम्म लिन्छन् ।

ऋतिक रोशन

कम फिल्म गर्ने ऋतिक रोशनले एउटा फिल्मबाट ४० करोडसम्म पारिश्रमिक लिने गर्छन् । उनले कहिलेकाहीँ त योभन्दा पनि बढी रकम लिने गर्छन् ।

अजय देवगन

अजय देवगनको फिल्मको बजेट फिल्म अनुसार तोक्छन् । उनले एउटा फिल्ममा ३० देखि ४० लिने गर्छन् ।

अक्षय कुमार

धेरै पारिश्रमिक लिने मामलामा अक्षय कुमार सबैभन्दा अघि छन् । उनले एउटा फिल्मबाट ४० देखि ५० करोड कमाइ गर्छन् । कुनै फिल्मबाट उनले फिल्मले कमाइ गरेको आम्दानीको केही हिस्सा पनि लिने गर्छन् । तर उनले फिल्म हेरेर कुनै फिल्ममा निकै कम पारिश्रमिक लिन्छन् ।

आमिर खान

आमिर खानले चाहे भने ५० करोडसम्म लिन सक्छन् । तर, उनले फिल्ममा आफै लगानी गर्छन् । उनले ८० प्रतिशतसम्म हिस्सा लिन्छन् । जस्तो कि, उनले चलचित्र ‘दंगल’ मा पारिश्रमिकमा भन्दा पनि लगानीमा काम गरेका थिए । यो फिल्मबाट उनले झण्डै १ सय ५० करोड पाएका थिए ।

सलमान खान

सलमान खानले पनि आमिर खानले जस्तै फिल्मको कमाइबाट त्यसको हिस्सा लिन्छन् । उनले फिल्मबाट ७० देखि ८५ प्रतिशतसम्म हिस्सा लिन्छन् । उनले सुल्तानबाट करोडभन्दा बढी कमाएका थिए । रमाइलो कुरा त रेस ३ बक्स अफिसमा कमजोर भनिएको थियो । यही फिल्मबाट पनि उनले एक सय करोड कमाएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १ : २४ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,