बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जनप्रतिनिधि पक्राउ « Khabarhub

बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जनप्रतिनिधि पक्राउ


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– ९ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पर्वतमा एक जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली छन् ।

पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको पीडित परिवारको उजुरीपछि मङ्गलबार गाउँबाटै पक्राउ गरिएको  प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उक्त घटना यसअघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भए पनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।

आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ११ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना