अक्षय कुमारको ‘हाउसफूल ४’ ले कमायो यति करोड « Khabarhub

अक्षय कुमारको ‘हाउसफूल ४’ ले कमायो यति करोड


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म ‘हाउसफूल ४’ ले राम्रो प्रतिक्रिया नपाए पनि बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । तिहारको अवसर पारेर रिलिज भएको यो फिल्मले नेपालमा पनि राम्रो व्यापार गरेको छ ।

बक्स अफिस इन्डियाको वेबसाइटअनुसार यो फिल्मले छैठौँ दिनमा १५ करोड कमाइ गरेको छ । फिल्म विश्लेषकका अनुसार ‘हाउसफूल ४’ ले ६ दिनसम्म आइपुग्दा १ सय ३५ करोडको आँकडा पार गरेको छ ।

यो फिल्म समीक्षकलाई मन परेको थिएन । यद्यपि दर्शकबाट पनि फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । फिल्मलाई लिएर फ्यानले ट्वीटरमा ट्रेन्ड नै चलाएका थिए ।

फिल्ममा सितमगढको कहानी छ । पुनर्जन्मको कथा देखाइएको यो फिल्ममा अक्षय कुमार, कृति सेनन, रितेश, बबी देओल, पूजा, चंकी पाण्डे लगायतले अभिनय गरेका छन् । फिल्मको कहानी भने धेरै दर्शकले चित्त बुझाएका छैनन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : १७ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी