‘लकडाउन’का कारण नेपाल रोकिएका थाइ नागरिक स्वदेश फिर्ता « Khabarhub

‘लकडाउन’का कारण नेपाल रोकिएका थाइ नागरिक स्वदेश फिर्ता


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण नेपालमा रोकिएका थाइ नागरिकलाई लिएर थाई एयरको विमान थाइल्याण्ड प्रस्थान गरेको छ ।

शुक्रबार २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको हो । थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककका लागि उडान भरेको विमानस्थलले जनाएको हो ।

नेपालस्थित दूतावासको समन्वयमा थाइल्याण्डका नागरिकलाई स्वदेश फर्काइएको हो ।

यसैबीच बुद्धएयरले बङ्गलादेशको ढाकामा चार्टर्ड उडान गरेको छ । नेपालमा लकडाउनका कारण रोकिएका १६ बङ्गलादेशी नागरिक लिएर ढाका उडेको बुद्धको एटिआर जहाज आजै काठमाडौँ फर्किएको कम्पनीले जनाएको छ ।

बुद्धको ढाकामा यो तेस्रो चार्टर्ड उडान हो । यसअघि यही वैशाख १७ गते ढाकामा उडान गरेको थियो । मेडिकल कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई उनीहरुका अभिभावकले बुद्धको जहाज चार्टर्ड गरी काठमाडौँ ल्याएका थिए ।

अघिल्लो पहिलो चार्टर्ड उडानमा पनि बुद्धको जहाजले बङ्गलादेशी नागरिकलाई उनीहरुको मुलुक पुर्‍याइदिएको थियो । चार्टर्ड उडानका लागि आवश्यक स्वास्थ्य सुरक्षालगायत सबै मापदण्ड पूरा गरी नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएर उडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : १३ बजे

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

महासंघको साधारणसभामा चन्द्रका छोरा सचिनले ल्याए सबैभन्दा धेरै मत, कसको कति (सूचीसहित)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व

गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु

रसुवा– यहाँको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङमा रेन्बो ट्राउट माछापालन सुरू गरिएको

सरकारले अध्यादेश जारी गरेर रमिता देखायो : घनश्याम भुसाल

काठमाडौं– नेकपा संयुक्तले असफलताको बाटोमा नजानका लागि आफ्ना कमजोरीहरू सुधार

हुरीले दुई बिघाको केराखेतीमा क्षति

घोराही– यही वैशाख २० गते गएको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२