रानुदेवीको साहस सबैका लागि प्रेरणादायी : सभापति देउवा | Khabarhub Khabarhub

रानुदेवीको साहस सबैका लागि प्रेरणादायी : सभापति देउवा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधनमा शोक व्यक्त गरेको छ ।

अधिकारीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्- ‘निरंकुशता विरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा प्रजातन्त्र रेडियोमा गीत गाएर रानुदेवी अधिकारीले जुन साहस देखाउनु भयो त्यो हामी सबैका लागि प्रेरणादायी छ ।’

सभापति देउवाले  उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोक सन्तप्त परिवारजनमा व्यक्तिगत र पार्टीको तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

२००७ साल अघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरको जुट मिलमा स्थापना गरिएको प्रजातन्त्र रेडियोमा उनले गीत गाएकी थिइन ।

रेडियो नेपालकी प्रथम गायिका समेत रहेको स्मरण गर्दै काँग्रेसले स्वर्गीय अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको पनि उल्लेख गरेको छ ।

यसैबीच उनको निधनले विराटनगरवासी दुखित भएका छन् । उन गए राति काठमाडौँ सिनामङ्गलस्थित मेडिकल कलेजमा निधन भएको थियो ।

सन् १९३६ नोभेम्बर २७ तारिखमा वीरगञ्जमा जन्मिएकी अधिकारीको बाल्यकाल भारतमा बितेको थियो । उनले विसं २००७ मा कृष्णप्रसाद कोइरालाका छोरा तारिणिप्रसादले विराटनगरस्थित रघुपति जुट मिलमा स्थापना गरेको प्रजातन्त्र रेडियोमा पहिलो गीत गाउने र समाचार वाचन गर्ने काम गरेकी थिइन ।

शास्त्रीय संगीतमा विशेष लगाव राख्ने अधिकारीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली उठे नेपाली, जुनेली रात हजुर लगायत गीत चर्चित छन् ।

उनका ६ गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ । ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो ।

निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा उनले कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेको विराटनगरका साहित्यकार दधिराज सुवेदी बताए ।

अधिकारीको जीवनीमा आधारित ‘मेरो कथा’ नामक पुस्तक पत्रकार शङ्कर खरेलले प्रकाशन गरेसँगै उनको थप चर्चा चुलिएको थियो ।

जनआन्दोलनपछि केही समयका लागि नेपाल महिला संघ मोरङकी अध्यक्षसमेत बनेकी अधिकारी २०३६ सालको शिक्षक आन्दोलनका क्रममा जेल समेत परेकी थिइन ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : १८ बजे

अन्तरचक्षुको आवाज– भाँडा बजेको ध्वनि पछ्याउँदा संगीत भेटेँ

काठमााडौं– जन्मजात दृष्टिविहीन मोरङका रमेश सुवेदीलाई नेता बनेर देशको सेवा गर्ने

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि

बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया

दशरथचन्द– यहाँस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ ।

कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा

काठमाडौं– हल्का पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले अबदेखि आफ्नो उत्पादनमा