काभ्रेमा टिप्परले ठक्कर दिँदा दाजु–भाइको ज्यान गयो « Khabarhub

काभ्रेमा टिप्परले ठक्कर दिँदा दाजु–भाइको ज्यान गयो


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको धुलिखेलमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकै घरका दाजुभाइको ज्यान गएको छ ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ रविओपी बस्ने मोटरसाइकलमा सवार वेदप्रसाद कोइराला र गोवर्धन कोइराला रहेको काभ्रेका एसपी रवि पौडेलले जानकारी दिए । एसपी पौडेलका अनुसार मृतक दुवै जना दाजुभाइ हुन् ।

एसपी पौडेलले भने, ‘पाँचलबाट रविओपीतर्फ जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिप्परले आज (बुधबार) सोही दिशातर्फ जाँदै गरेको बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए ।

घाइते दाजुभाइलाई उद्धार गरी शीर मेमोरियल अस्पताल लगिएको भए पनि उनीहरुको उपचारको क्रममा मृत्यु भएको छ ।’

टिप्पर चालक भने फरार रहेको र उनको खोजी भइरहेको उनले बताए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ६ : ४९ बजे

दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको हो : कानुनमन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका