टिप्परले सेनाको गाडीलाई ठक्कर दिँदा पाँच सैनिक घाइते « Khabarhub

टिप्परले सेनाको गाडीलाई ठक्कर दिँदा पाँच सैनिक घाइते


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखामा नेपाली सेनाको गाडीलाई टिप्परले ठक्कर दिँदा पाँच सैनिक घाइते भएका छन्।

मझुवा चेकप्वाइन्टबाट फर्कंदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई विपरीत दिशाबाट गएको लु १ क ३८४६ नम्बरको टिपरले बुधबार अपराह्न ठक्कर दिँदा सेनाका पाँच जना घाइते भएका हुन् ।

गोरखा नगरपालिका ११ को १५ किलो घुम्तीमा भ्यानलाई टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ।

उनीहरुमध्ये रञ्जित रानालाई बढी चोट लागेको रणसिँह दल गणका गणपति उज्वल केशीले जानकारी दिए।

घाइते सबैलाई गोरखा अस्पताल ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिए।

टिप्परका चालकलाई नियन्त्रणमा लिइएको उनले बताए।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : ०६ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम