कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था जटिल, उपचारका लागि दिल्ली लैजान माग « Khabarhub

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था जटिल, उपचारका लागि दिल्ली लैजान माग


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमित कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । उनलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको छ ।

उनलाई शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको हो । वीर अस्पतालमा परीक्षणका क्रममा कोरोना देखिएपछि उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

निमोनियाको संक्रमणले उनको फोक्सोमा धेरै प्रभावित बनाएको परिवार स्रोतले जनाएको छ । उनको स्वास्थ्यमा सुधार आउन अझै केही समय लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनको स्वास्थ्य अवस्था केही जटिल भएका कारण विश्वकर्मासाथै स्वास्थ्य अवस्था बिग्रिएका कारण आइसियूबाट भेन्टिलेटरमा सार्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।

यसैबीच विश्वकर्माको स्वास्थ्य उपचारमा सहयोग गर्न कांग्रेसले माग गरेको छ । शनिवार कांग्रेस सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरी उपचारमा सहयोग गर्न आग्रह गरेका थिए ।

त्यस्तै कांग्रेस संगठन विभागका प्रमुख तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले कोरोना संक्रमित विश्वकर्मालाई थप उपचारका लागि दिल्ली लैजान सरकारसँग माग राखेका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उपचारको लागि एयर एम्बुलेन्समार्फत दिल्ली लान आग्रह गरेको श्रेष्ठले बताए।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ३ : ०१ बजे

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी