४४ बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकसँग मागे ७२ अर्ब पुनकर्जा « Khabarhub

४४ बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकसँग मागे ७२ अर्ब पुनकर्जा


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकमा ७२ अर्व रुपैयाँ बराबरको पुनकर्जाका लागि आवेदन परेको छ।

असोज मसान्तसम्ममा ४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा माग गर्दै आवेदन पेश भएको हो।

कोभिड–१९ का कारण प्रभावित उद्योग/व्यवसायलाई राहत दिनका लागि राष्ट्र बैंकले राहत स्वरुप पाँच प्रतिशत व्याजदरमा पुनकर्जा प्रदान गर्ने मौद्रिक नीति मार्फत घोषणा गरेको थियो।

पुनर्कर्जाका लागि राष्ट्र बैंकले असोज मसान्तसम्ममा सम्बन्धित बैंकमा आवेदन दिइसक्नुपर्ने र सम्पूर्ण आवेदन संकलनपछि सम्बन्धित बैंकलाई एकमुष्ट पुनकर्जा उपलव्ध गराउने व्यवस्था गरेको छ।

पुनकर्जाको लागि आवेदन दिएकाहरुलाई मंसिरभित्र ऋण दिने गरी राष्ट्र बैंकले प्रक्रिया अघि बढाएको छ।

आइतबार नेपाल राष्ट्र बैंकले सम्बन्धित निकायसँग छलफल गरी असोज मसान्तसम्ममा परेका निवेदनहरुलाई कात्तिक महिनाभरी मिलाएर मंसिरभित्रमा ऋण दिइसक्ने प्रतिवद्धता समेत गरेको छ।

पुनकर्जालाई व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले कार्यविधि बनाएको छ। जसअनुसार कोभिड प्रभावित उद्योगलाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी तीन भागमा बाडेर कर्जा प्रवाह गर्ने व्यवस्था छ।

हाल राष्ट्र बैंकसँग ३८ अर्ब रुपैयाँको कोष छ। कार्यविधि अनुसार कोषमा रहेको रकमको पाँच गुणासम्म ऋण प्रबाह गर्न सकिने व्यवस्था छ।

आइतबार व्यवसायी तथा बैंकरसँगको छलफलमा पनि गभर्नर महाप्रसाद अधिकारीले पुनकर्जा माग धेरै भए पनि रकम अभाव हुन नदिने बताए।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : २० बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त