स्पेनमा ७ नेपाली कोरोना संक्रमित « Khabarhub

स्पेनमा ७ नेपाली कोरोना संक्रमित


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि सँगै संक्रमित नेपालीको संख्या ७ पुगेको हो ।

क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि ४ जनामा संक्रमण देखिएको थियो । उनीहरुमध्ये ४ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको एनआरएनए स्पेनका प्रवक्ता सुन्दर रानाभाटले जानकारी दिए।

संक्रमितमध्ये ६ जना पुरुष र एक महिला छन् । उपचाररत अन्य ३ जनाको स्वास्थ्यमा पनि उल्लेख सुधार आएको बताइएको छ । समस्यामा परेका नेपालीहरुलाई राहत वितरण गर्न लागिएको राना भाटले बताए ।

हालसम्म स्पेनमा १ लाख ४ हजार १ सय १८ जनामा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये ९ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । त्यस्तै २२ हजार ६ सय ४७ जना पूर्ण स्वास्थ्यलाभ गरी घर फर्केका छन्।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ३७ बजे

मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले