कोरोना नियन्त्रणसँग सम्बन्धित मेडिकल सामग्री खरिद गर्ने जिम्मा सेनालाई « Khabarhub

कोरोना नियन्त्रणसँग सम्बन्धित मेडिकल सामग्री खरिद गर्ने जिम्मा सेनालाई


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १८)को संक्रमण परीक्षण तथा रोकथामसँग सम्बन्धित स्वास्थ्य उपकरणहरु खरिदको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।

सरकारले बुधबार नै अत्यावश्यक मेडिकल सामग्री खरिदका लागि सूची बनाउनेदेखि खरिदका लागि समन्वय गर्ने जिम्मा सेनालाई दिएको हो ।

अब सेनाले नै आवश्यक पर्ने मेडिकल सामग्रीहरुको सूची तयार गरी खरिदसम्मको प्रक्रिया अगाडि बढाउने छ ।

‘कोरोनाको संक्रमण परीक्षण तथा रोकथामका लागि आवश्यक पर्ने मेडिकल ईक्विपमेन्टको सूची तयारी गरी खरिद गर्नेसम्मको जिम्मा सरकारले हामीलाई दिएको छ,’ नेपाली सेनाको उच्च स्रोतले खबरहबसँग भन्यो, ‘अहिले हामीले आवश्यक मेडिकल सामग्रीको सूची तयार गर्ने काम गरिरहेका छौं ।’

सैनिक स्रोतका अनुसार अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी समेतको सहभागीतामा आवश्यक सामग्रीको सूची तयार गर्ने काम भइरहेको छ ।

‘अहिले सूची तयार गर्ने काम भइरहेको छ । यसमा धेरै समय नलाग्ला,’ सैनिक स्रोतले खबरहबसँग भन्यो, ‘सूची तयार गर्ने काम सकिएपछि हामी खरिदको प्रक्रिया अगाडि बढाउँछौं ।’

सैनिक स्रोतका अनुसार मेडिकल सामग्री खरिदको कार्यविधि भने तय भइसकेको छैन । यसका लागि मन्त्रिपरिषदबाट नै उपयुक्त निर्णय गरिए राम्रो हुने भनेर ‘अनुरोध’ गरिएको सैनिक स्रोतको भनाइ छ ।

‘खरिद कार्यविधि के हुने भन्ने टुंगो लाग्न सकेको छैन । यसबाट क्याबिनेटबाटै स्पष्ट म्यान्डेड पाइयोस् भन्ने हाम्रो अपेक्षा हो । त्यहिअनुसार रिक्वेस्ट (अनुरोध) पनि गरेका छौं,’ सैनिक स्रोतले भन्यो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) नामक कम्पनीसँग १ करोड ३ लाख ९४ हजार अमेरिकी डलरको ठेक्का सम्झौता गरेको थियो ।

तर, बजारको मूल्य भन्दा महङ्गोमा उपकरणहरु खरिद गरी अनियमितता भएको भन्दै विवादित भएपछि स्वास्थ्य मन्त्रालयले बुधबार ओबीसीआई कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।

सरकारले ओबीसीआईसँगको ठेक्का सम्झौता रद्द गर्दै धरौटी समेत जफत गरेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : ४५ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ