अफवाहकाबीच उत्तर कोरियाका शासक किम २० दिनपछि सार्वजनिक « Khabarhub

अफवाहकाबीच उत्तर कोरियाका शासक किम २० दिनपछि सार्वजनिक


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनेकौं अफवाहकाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन् ।

उनी जीवित नै नरहेको दावीसहितका समाचारहरु सार्वजनिक भइरहँदा किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएको बीबीसीले जनाएको छ ।

किम एक रासायनिक मल कारखाना उद्घाटन कार्यक्रममा रिबन काटिरहेको तस्वीर रोयटर्सले सार्वजनिक गरेको छ ।

समाचार एजेन्सी केसीएनएका अनुसार किमले उत्तर कोरियाका उच्च अधिकारी र आफ्नी वहिनी किम यो जोङको उपस्थितिमा रिबन काटेको तस्वीर सार्वजनिक भएको हो ।

यसअघि १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका किम अप्रिल १५ को आफ्ना हजुरवुवाको जन्मोत्सव कार्यक्रममा समेत उपस्थित नभएपछि गम्भीर विरामी परेर शल्यक्रिया गरिएको लगायतका समाचारहरु सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : ४२ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति