चीनमा भीषण वर्षा : १४ जनाको मृत्यु, ८ बेपत्ता « Khabarhub

चीनमा भीषण वर्षा : १४ जनाको मृत्यु, ८ बेपत्ता


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा केही दिन यता परिरहेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ।

सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएको जनाइएको छ ।

यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो ।

जुन महिनाको २६ तारिखबाट मिआङ्निङ् काउन्टीमा भारी वर्षा भइरहेएको छ।

हाल करिब पाँच हजार ६६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिविरमा बस्दै आएका छन्।

वर्षाको कारण यहाँ प्रत्यक्षरूपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ।

सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : २५ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन