सत्याग्रहमा बसेका अभियन्ताहरुको मागमा डा. कोइरालाको समर्थन « Khabarhub

सत्याग्रहमा बसेका अभियन्ताहरुको मागमा डा. कोइरालाको समर्थन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काठमाडौंको बसन्तपुर पुगेर सत्याग्रहमा रहेका युवा “ई” को अभियानमा ऐक्यबद्धता जनाएका छन।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको लगायतका विभिन्न माग राख्दै सत्याग्रहमा बसेका युवाहरुलाई भेटेर उनीहरुको मागमा नेता कोइरालाले समर्थन जनाएका हुन् ।

सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न डा. कोइरालासँगै केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र जिवन परियार पनि पुगेका थिए ।

डा कोइरालाले युवाहरुको अगुवाइमा भएको सत्याग्रहमा आफ्नो पूर्ण समर्थन जनाए। संसद र सडकमा प्रतिपक्षको खोजी भइरहेको समयमा युवाहरुले यस्ता गतिविधि गरेर सरकारलाई खबरदारी गरेकोमा डा कोइरालाले धन्यवाद समेत दिए।

कोइरालाले सत्याग्रहमा युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकारलाई आफूहरूले आवश्यक दबाब दिने प्रतिवद्धता समेत जनाए।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले पछिल्ला दिनमा सत्याग्रह समर्थित युवाहरूप्रति सरकारले गरेको अमानवीय व्यबहार र धरपकडले आफूहरूलाई दुखी बनाएको बताए।

घिमिरेले आफूहरु आन्दोलनरत युवाहरूको माग सँगै रहेको बताउदै उनीहरूलाई एक्लो महसुस नगर्न आग्रह गरे।

अर्का केन्द्रीय सदस्य जिवन परियारले सरकारी रबैया र अराजकताविरुद्ध सत्याग्रह गरेर युवाहरूले अत्यन्तै राम्रो काम गरेको बताए।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ५२ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक