बागलुङका बाढी पहिरो पीडितलाई प्रभु बैंकको ५ लाख सहयोग « Khabarhub

बागलुङका बाढी पहिरो पीडितलाई प्रभु बैंकको ५ लाख सहयोग


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागलङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकालाई प्रभु बैंकले पाँच लाख सहयोग प्रदान गरेको छ ।

बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं. ७, ८ र ९ को निरिक्षणपछि प्रभु बैंकका सिइओ अशोक शेरचनले नगरपालिकालाई बाढी पीडित उद्वार कोषमा रहनेगरि पाँच लाख सहयोग प्रदान गरेका हुन् ।

बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री रामशरण बस्नेतबाट पनि बिशेष निरीक्षण भएको छ ।

सो अवसरमा मन्त्री द्वयले बाढी प्रभावित स्थानियहरुको समस्या बुझी उक्त ठाउँहरुमा केन्द्रीय विद्युत प्रसारण लाइनको सेवा पुर्‍याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशकातर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिएका छन् ।

करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।

बुर्तिबाङमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  २ : १० बजे

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट