उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको मनोनयन दर्ता « Khabarhub

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको मनोनयन दर्ता


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एनफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले मनोनयन दर्ता गरेका छन् ।

प्रधानले सोमवार महासंघ सचिवालयमा प्यानलसहित मनोनयन दर्ता गराएका हुन् ।

प्रधानको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योतिले मनोनयन दर्ता गराएका छन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष पदका लागि अर्का उम्मेदवार चन्द्र ढकालले पनि प्यानलसहित नै मनोनयन गर्दा गरिसकेका छन् ।

प्रधानले उम्मेदवारी दर्ताअघि राजधानीमा औपचारिक कार्यक्रम गरी आफ्नो प्यानल घोषणा गरेका थिए । कार्यक्रममा उनले आफ्नो टिम सक्षम र समावेशी भएको दाबी समेत गरे । साथै उनले सबै व्यवसायीको समस्या हल गर्ने पनि बताए ।

गत चैत्रमा तोकिएको साधारणसभा कोभिड–१९ का कारण स्थगित गरिएको थियो । महासंघको निर्वाचनसहितको ५४ औं वार्षिक साधारणस मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोही व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने पक्का भएको छ । वरिष्ठ उपाध्यक्षमा भने प्रधान र ढकालको प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ०० बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स