कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने, आज तीन एजेण्डामा छलफल | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने, आज तीन एजेण्डामा छलफल


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली काँग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको छ ।

सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन नसकेपछि मंगलबार पुनः बस्ने भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय र गतिविधिबाट महाविधेशन निष्पक्ष हुनेमा आशंका उठाउँदै गत असोज ११ गते पार्टी केन्द्रीय कार्यालयमा १६ बुँदे ज्ञापन पत्र दर्ता गराएका थिए ।

पौडेल समूहले बुझाएको ज्ञापनपत्रका विषयमा समेत छलफल भएको काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

उनले पार्टीभित्र देखिएको मत भिन्नता र महाधिवेशन हुने/नहुने विषयमा देखिएको अन्यौलताका विषयमा पनि छलफल भएको बताए ।

यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

कोरोना संकटको बेला सरकार संवेदनशील नभएको उल्लेख गर्दै उनले जनताको सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा भोलि बस्ने पदाधिकारी बैठकले स्पष्ट पार्ने र केन्द्रीय समिति बैठकमा निर्णय गरेर अगाडि बढ्ने बताए ।

पौडेलले बुझाएको ज्ञापनपत्रमा विधान विपरितका सबै काम उल्टाउनु पर्ने माग राखिएको छ । केन्द्रीय कार्यसमितिको बैठक अघि आफूहरुको माग सम्बोधन हुनुपर्ने अडान पौडेल पक्षले राखेपछि देउवाले सोमबार पदाधिकारी, पूर्व पदाधिकारीसहितको बैठक बोलाएका हुन ।

केन्द्रीय कार्यसमितिको बैठक भने कात्तिक २१ गते बोलाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ०६ बजे

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

काठमाडौं – प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’

कांग्रेस नेता महरले भने: महाधिवेशनबारे भ्रम चिर्न तत्काल मिति घोषणा गर्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

तेहरान – इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा