युरोपेली युनियनसँग सहकार्यको क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास « Khabarhub

युरोपेली युनियनसँग सहकार्यको क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि युरोपियन युनियनको डेलिगेसन प्रमुख नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपियन युनियनको नवनियुक्त डेलिगेसन प्रमुख डिप्रेजलाई स्वागत गर्दै उनको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरेका छन् ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र इयुबीच धेरै विषयमा समनता रहेको जनाउँदै इयुले कोभिड १९ को रोकथाम र उपचारलगायत विविध विषयमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

जवाफमा डेलिगेसन प्रमुख  नोनाले नेपालमा जलवायु परिवर्तन लगायतका क्षेत्रमा आफूहरुले थप सहकार्य गर्न चाहेको र विगतदेखि हुँदै आएको सहयोगको निरन्तरता हुने बताएकी थिइन ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ५३ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु