चर्चामा आए बैशाखीको सहारामा फुटबल खेल्दै गरेका बालक (भिडियो) « Khabarhub

चर्चामा आए बैशाखीको सहारामा फुटबल खेल्दै गरेका बालक (भिडियो)


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रसंग भारतको मणिपुरस्थित इम्फाल निवासी कुणाल श्रेष्ठको हो । कक्षा चारमा अध्ययनरत कुणाल बैसाखीको सहारामा फुटबल खेल्ने गर्दछन् । यो भिडियो निकै चर्चामा छ ।

शरीरमा एक अंग कमी भएका ब्यक्ति आफूलाई कमजोर मान्ने गर्दछन् । तर यी बालकमा भने हौसला र आत्मविश्वासका साथ अघि बढि रहेका छन् । जन्मबाटै कुणालको एउटा खुट्टा छैन । तर उनले आफूलाई रोकेनन् अन्य बालक सरह कक्षा चार नपुग्दै बैसाखीको सहारामा फुटबल खेल्न थाले जसका कारण उनको चर्चा अहिले विश्वभर छ ।

कुणाललाई फुटबल खेल्न एकदमै मन पर्दछ । उनी भन्छन्, फुटबल खेल्न मन लाग्थ्यो । खेल्न खोज्दा शुरुवातमा सन्तुलन बनाउन समस्या हुने गर्दथ्यो । त्यो बेला म निकै डराएको थिए । तर अब मैले आत्मविश्वास हासिल गरीसकेको छु । मलाई मेरो साथीको निकै धेरै सपोर्ट छ । मलाई आशा छ म चाडैँ गोल गर्नेछु ।

चर्चामा रहेको भिडियो कुणाल एक चौरमा केहि बालकहरुसंग फुटबल खेलि रहेका देखिन्छन् । सामाजिक सञ्जालमा उनको निकै प्रशंसा भएको छ । धेरैले उनलाई रियल हीरो र इन्स्पिरेशन बताएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ०२ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म