निजगढ–बर्दिबास रेलमार्ग निर्माणमा तीव्रता « Khabarhub

निजगढ–बर्दिबास रेलमार्ग निर्माणमा तीव्रता


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बर्दिबास– पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्र्याक निर्माण कार्यले तीव्रता पाएको छ ।

रेलमार्ग निर्माणलाई ५ खण्डमा विभाजन गरी धन्सार–बाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले ग्राभेल, ट्र्याक र पुल निर्माणको काम तीव्रता दिएका छन् ।

निजगढ–बर्दिबास रेलमार्ग खण्डकै चन्द्रपुर नगरपालिका–८ स्थित बेतौनामा भने मुआब्जा विवादले निर्माण अघि बढ्न सकेको छैन । उचित मुआब्जा नपाएको भन्दै करीब ६०० मिटर क्षेत्रमा स्थानीयवासीले अवरोध गरेपछि ट्र्याक निर्माण कार्यले गति लिन नसकेको हो ।

उनीहरूले रेलको लिक र स्टेशन बनाउने जमीनको पुनःमूल्याङ्कन गरी उचित मूल्य पाउनुपर्ने माग राखेका छन् । प्रतिकठ्ठा १० लाख पर्ने जग्गा ३ लाख ५० हजार मात्रै मुआब्जा निर्धारण गरिएकाले विरोध गरिएको उनीहरूको भनाइ छ । यसअघि मुआब्जा थोरै भएको भन्दै पुनःमूल्याङ्कनका लागि उनीहरूले जिल्ला प्रशासन कार्यलयमार्फत गृह मन्त्रालय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

यस विषयमा टुङ्गो नलागेपछि निर्माण कम्पनीले पश्चिम क्षेत्रबाट कामको थालनी गरेको हो । धन्सारदेखि वाग्मतीसम्म करिब २३ किलोमिटरमा ट्र्याक निर्माणले गति लिएको छ । उक्त स्थानमा जङ्गल पर्ने भएकाले रूख कटान स्वीकृतिका लागि डिभिजन वन कार्यालयहरुले विभागमा फाइल पठाएको बताइएको छ ।

रेलमार्गमा राष्ट्रिय तथा सामुदायिक वन गरी २५ दशमलव ७३ हेक्टर क्षेत्र पर्ने डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत रामप्रसाद साहले बताए । वन क्षेत्रमा साल, जामुनु, सिसौ, खयरलगायतका पाँच हजार २९७ रुख काट्नुपर्ने उहाँको भनाइ छ । रुख कटानका लागि विभागमा फाइल पठाइसकेको उनले बताउनुभयो । सो खण्डमा पर्ने वाग्मती, पौराई, लमाहा, चाँदी, सत्यारी र अमोखोलामा गरी ६ पुल बनाइने निर्माण कम्पनीले बताएको छ ।

विभागका इञ्जिनीयर सुमोद पोखरेलका अनुसार साढे दुई वर्षभित्र रेलमार्ग निर्माण सक्नुपर्नेेछ । निर्माण कम्पनीलाई करिब रु सवा तीन अर्ब मा धन्सार वाग्मती खण्डको कामको जिम्मा दिइएको पोखरेलले बताउनुभयो । चालू आवको मङ्सिरमा मूल्याङ्कनका आधारमा रेलमार्ग निर्माणका लागि अर्थ मन्त्रालयसँग रु १० खर्ब ७४ अर्ब २७ करोड १४ लाख ९४ हजार माग गरिएको उहाँले जानकारी दिनुभयो । सरकारी लगानीमा निजगढ–बर्दिबासखण्डको ७० किमी रेलमार्गको ट्र्याक निर्माण शुुरू गरिएको विभागले जनाएको छ । यस वर्ष रेल्वे स्टेशन, लिक हाल्ने, खानेपानी र विद्युत्को काम सक्ने विभागको योजना छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ४ : १६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर