कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ३४ जनाको मृत्यु, संक्रमित २ हजार बढी « Khabarhub

कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ३४ जनाको मृत्यु, संक्रमित २ हजार बढी


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

पाकिस्तानमा एकैदिन ३०३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ हजार ४२१ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये १२५ जना उपचारपछि निको भएका छन् । २ हजार २६२ जना उपचाररत छन् । उनीहरुमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ७ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८२ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार २ सय ९६ पुगेको छ । एकै दिन ७९ हजार १ सय जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् । चीन वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : ३४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष