लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डेका टिप्स « Khabarhub

लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डेका टिप्स


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले विश्वमा २५ देखि ४० प्रतिशत लक्षणबिहीन कोरोना संक्रमण फैलिएको छ ।

अचानक उच्च ज्वरो आउनु, लहरेखोकी जस्तो सुख्खा खोकी लाग्नु, बोल्दा तथा सुत्दा पनि सास फेर्न गाह्रो हुनु, एकदम जाडो हुनु, बान्ता आउनु, पखाला लाग्नु तथा असाध्यै थकाइ लाग्नु कोरोना संक्रमणका लक्षण हुन् ।

सुरूमा यी लक्षणहरु देखिएर बिरामी थला पर्ने, अस्पताल जाने तथा परिक्षण खोज्ने प्रचलन थियो र अहिले पनि छ । तर पछि लक्षण नै नदेखिने कोरोना संक्रमणले मान्छेमा थप त्रास उत्पन्न गराएको छ । अनुसन्धानले बताए अनुसार लक्षण नदेखिने कोरोना संक्रमणमा पनि केहि संकेत देखिन्छ । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका अनुसार निम्न संकेत देखिन्छन् ।

१. सामान्य ज्वरो आउनु
२. थकान हुनु, मांशपेशी तथा टाउको दुख्नु
३. कहिलेकाँही रुघाखोकी लाग्नु, नाक बन्द हुनु
४. सास फेर्न खासै गाह्रो नहुनु
५. ज्यानमा कुनै असर नदेखिनु 

यस्ता लक्षण ८५ प्रतिशत व्यक्तिमा आफै हराउँछन् । परीक्षण गर्दा पोजिटिभ देखिन्छ । अधिकांश व्यक्तिमा १ महिनापछि समेत जाँच गर्दा एन्टिबोडी पोजिटिभ देखिन्छ ।

बाँकी १५ प्रतिशत मध्ये आधा ४ हप्ता आइसोलेसनमा बसेपछि, लाक्षणिक उपचार गरेपछि निको हुन्छ भने अन्य बाँकी ७.५ प्रतिशतलाई आइसीयु / भेन्टिलेटर चाहिने हुनसक्छ । लक्षणबिहीनको मृत्युदर पनि २ देखि ३ प्रतिशत छ ।

लक्षणबिहीन बिरामीले रोग कसरी सार्छ त भन्ने जिज्ञासा आम मान्छेमा छ । लक्षणबिहीन संक्रमितलाई खोकी वा हाच्छ्युं नआएपनि उसले सास फ्याँक्दा तथा कुरा गर्दा आँखाले देख्न नसक्ने कणहरु सतहमा, नजिक हावामा, उसले छोएका ढोकाको ह्यान्डिल, चुकुल, रेलिंग, भाँडाकुँडा, टावेल आदिबाट अरु व्यक्तिलाई रोग सार्दछ ।

७० बर्ष माथि उमेर भएका व्यक्ति, मुटु / फोक्सो / मृगौलाको खराब स्थिति भएका, इम्युन डिफिसिएन्सी भएका, स्टेरोइड सेवन गरिरहेका तथा अंग प्रत्यारोपण गरेका व्यक्ति जोखिम मानिन्छ ।

त्यसैले यी अवस्थाका बिरामी संक्रमणबाट बच्नको लागि आफ्नै घरमा पनि परिवारका सदस्यसंग दुरी कायम गरेर बस्नुपर्ने हुन्छ | मुख्य कुरा त इम्युनिटी पावर नै हो | पोषिलो खाना, व्यायाम, पर्याप्त निद्रा, मनोरंजन आदिबाट रोगसँग लड्ने क्षमता बढाउनु पर्दछ |

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : १३ बजे

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको