क्वारेन्टाइनको उचित व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात | Khabarhub Khabarhub

क्वारेन्टाइनको उचित व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले आज हातपात गरेका छन् ।

गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन् । भारतबाट आएका करिब १०० जिल्लाबासी सो क्वान्टिनमा एक हप्तादेखि बस्दै आएका छन् ।

उचित खालको व्यवस्थापन नगरेको जनाउँदै गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले अधिकृत हीरासिंह थापामाथि कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए ।

अध्यक्ष बुढाका अनुसार पालिकाको क्वारेन्टिनमा एक हजार ६०० सयभन्दा बढी भारतबाट आएका जिल्लाबासी बस्दै आएका छन् ।

केही दिन अगाडि गाउँपालिका –३ कोे एक विद्यालयको क्वारेन्टिनमा बसेकाहरुले स्थानीय सरकारले राम्रो व्यवस्थापन नभएको भन्दै गाउँपालिका घेराउ गरेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : १५ बजे

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय

राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य

काठमाडौं– केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका

संसद् पुनर्स्थापना नै संवैधानिक समाधान : सभामुख घिमिरे

सुरुङ्गा– सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैर संवैधानिक, गैर कानुनी

कबड्डी टोली बंगलादेश जाने

काठमाडौं– दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८

करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् ।  उपमहानगरपालिकाले