आफ्नो नाममा टुक्रो जमीन छैन, कसरी पाल्ने परिवार ? | Khabarhub Khabarhub

आफ्नो नाममा टुक्रो जमीन छैन, कसरी पाल्ने परिवार ?


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- नदीको किनारमा सानो खरले छाएको घर । घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकीसम्म कुशे गाउँपालिका–५ साँधीबिसौनाका गणेशबहादुर बादी १३ वर्षीय छोरा रमणसँग पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै भयो ।

‘जेठो छोरा भर्खरै जन्मिएको थियो, माछा मार्ने काम बन्द गरी फलामबाट भाँडा बनाउनतर्फ लागेँ’, गणेशले भने, ‘माछा मारेर परिवार पाल्न नसक्ने अवस्था आएपछि फलामको भाँडा बनाएर परिवार पाल्ने विकल्पको खोजी गरेको हुँ । अहिले मेरो घरमा छ छोराछोरीसहित आठ जना छौँ ।’

पेशा बदले पनि गणेशको समस्या अझै हल भएको छैन । उनको एकतलाको खरले छाएको कच्ची घर छ तर जुन घर निर्माण गरी गणेश बसिरेका छन्, सो घर निर्माण गरेको जग्गासमेत उनको नाममा छैन । अन्य जग्गाको कुरा त सपनाजस्तै भइसक्यो । ऐलानी जग्गामा एकतले कच्ची घर निर्माण गरी बसेका गणेश आठ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति हुन् ।

वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमती फूलमायाको दिन बित्ने गर्छ । छिमेकीको घरमा छोराछोरीलाई मिठो मसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनुपरेको बाध्यता फूलमायाको हृदयमा बलियो गाँठो बनेर बसेको छ ।

दुब्ला, पातला देखिने स–साना बालबालिकाले पूरै पेट खाना नपाएको बताएका छन् । ‘बिहान खाए बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ’, फूलमायाले भनिन, ‘गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन । सरकारले आधा तलो कच्ची घर बनाइदिएपछि बास बसेका छौँ ।’

फूलमायाले छोराछोरी पढाउने इच्छा भए पनि कपडा किन्ने, कापी कलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाइन । ‘फलामको भाँडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल छ’, गणेशले भने ।

गाउँगाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुख्र्यौली पेशा छाड्न बाध्य भएको अर्का कर्णबहादुर बादीले पीडा पोखे । ‘मादल बनाउन काठ चाहिन्छ ? तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैनन् अनि हाम्रो पेशा कसरी चल्छ ?’, कर्णले भने।

आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाइ छ । पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाइ छ ।

उनीजस्तै कुशे गाउँपालिकामा मात्र ३० घरभन्दा बढी बादी समुदायका मानिसको बसोबास छ । कसैको पनि आफ्नो जमीन छैन । शुरुमा रुकुमपश्चिम आठबीसकोटको राडीमा बसोबास गर्दै आएका यहाँका बादी समुदायका सर्वसाधारण कुशेमा आएको करिब दुई दशक बितेको छ ।

आफ्नो निजी जमीन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जीवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले सङ्र्घषमा रहेको बताएका छन् ।

केही वर्षअघि आफ्ना र अर्काका पीडा गीतमार्फत सुनाउँदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएका यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छ ।

उनीहरु अब आफैँ आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताएका छन् । उनीहरुको इच्छा, स्थानीय सरकारले जग्गा उपलब्ध गराइदेओस् भन्ने छ । सरकारले एकतले कच्ची घर बनाउन पैसा दिए पनि अन्य जीवन जिउने आधार नदिएको उनीहरुको भनाइ छ ।

स्थानीय सरकारले आयआर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् भन्ने बादी समुदायको माग छ ।

जिल्लाका अन्य ठाउँमा समेत बादी समुदायको बसोबास छ । नलगाड नगरपालिका–७ दल्लीमा रहेका बादी समुदायलाई स्थानीय सरकारले जीविकोपार्जनका लागि आधार तयार गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

‘अब सबै बदलिनुपर्छ, सधैँ एउटै काम गरेर हुँदैन’, नगरप्रमुख रावलले भने, ‘सीपमूलक कामका लागि बजेट दिएर हामीले बादी समुदायका साथीलाई दुई वर्षदेखि सहयोग गर्दै आएका छौँ, अन्य पनि बजेट दिन तयार छौँ, तर काम हुनुपर्‍यो ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ०१ बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ