अमेरिकाको टेक्सासमा मास्कको प्रयोग अनिवार्य, अटेर गरे २५० डलर जरिवाना « Khabarhub

अमेरिकाको टेक्सासमा मास्कको प्रयोग अनिवार्य, अटेर गरे २५० डलर जरिवाना


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको टेक्सास राज्यमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको टेक्सासमा  मास्क प्रयोग नगर्नेलाई २५० डलर जरिवाना तिराइने त्यहाँका गभर्नर ग्रेग एबोटले चेतावनी दिएका छन् ।

कोरोना भाइरसको महामारी तीब्र गतिमा फैलिरहेको टेक्सासमा २५४ काउन्टीमध्ये अधिकांशमा २० भन्दा बढी संक्रमित देखिएका छन् ।

टेक्सामा गएको बुधबार एकै दिन ८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

अमेरिकाका ५० राज्य मध्ये सबैभन्दा थोरै संक्रमण देखिएपछि २८ दिनपछि लकडाउन हटाइएलगत्तै संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमित बढेपछि त्यहाँ पुनः लकडाउन सुरू गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ११ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी