घाटा बढेपछि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी « Khabarhub

घाटा बढेपछि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : घाटा बढेको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जुलाइ १ मा पठाएको नयाँ मूल्य अनुसार निगम ५ करोड १८ लाख घाटा हुने प्रक्षेपणसहित फेरि मूल्य बढाउने तयारी गरिएको हो ।

निगमका अधिकारीहरूले मूल्यबृद्धिको तयारीको विषयलाई गोप्य नै राखे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा घाटा बढेकाले चुनौती थपिएको बताएका छन् ।

नेपाल आयल निगमले यसअघि जुन १५ समायोजन गरेको मूल्य अनुसार पनि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजलमा १ रुपैयाँ ८० पैसा नोक्सानी रहेको बताउँदै आएको छ। अरु पेट्रोलियम पदार्थमा भने निगमलाई नाफा छ।

निगमले यही असार १६ मा पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टितेलमा दुई रुपैयाँ मूल्य बढाएको थियो।

सरकारले बजेटमार्फत पेट्रोल, डिजल र मट्टितेलको भन्सार १० रुपैयाँ थपेको थियो ।  इन्धनको मूल्यमा भन्सार वृद्धिपछि अन्तर्राष्ट्रिय बजारमा लगातार तेलको मूल्य उकालो लाग्न थालेको छ।

कोरोना संक्रमणपछि विश्वका धेरैजसो मुलुक लकडाउनमा रहँदा विश्व बजारमा ऋणात्मक अवस्थामासमेत पुगेको कच्चा तेलको मूल्य अहिले प्रति ब्यारेल ४३ अमेरिकी डलर पुगिसकेको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ३८ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप