अचानक लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी « Khabarhub

अचानक लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत-चीनबीच सीमाका विषयमा विवाद बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुगेका छन् ।

गलवान उपत्यकामा दुई पक्षबीच झडप भएपछिको अवस्था बुझ्न गएका मोदीले झड्पमा घाइते जवान र त्यहां कार्यरत सेना र आईटीवीपीका अधिकारीहरुसँग अन्तर्क्रिया गरेका ५न् ।

भारतीय संचारमाध्यममा चीफ आफ डिफेन्स स्टाफ जनरल बिपिन रावत लेह जाने समाचार प्रकाशित भएपनि अचानक शुक्रवार भारतीय प्रधानमन्त्री मोदी नै सेना प्रमुख एम नरवणेसहित त्यहाँ पुगेका हुन् ।

यसअघि रक्षामन्त्री राजनाथ सिंह लद्दाख जाने कार्यक्रम भएपनि अन्तिम समयमा भ्रमण रद्द भएको थियो ।

मोदीको भ्रमण चीनलाई सन्देश दिन र फौंजको हौसला बढाउन भएको नवभारत टाइम्सले जनाएको छ ।
प्रधानमन्त्री मोदीले ११ हजार फिट उचाईमा रहेको नीमूमा सेनाका जवानका साथै लेफ्टिनेण्ट जनरल हरिंदर सिंहसंग सीमाको अवस्थाको वारेमा जानकारी लिएका थिए ।

१५ जुनमा भारत र चीनका सेनाबीच गलवान उपत्यकामा भएको झड्पमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त घटनापछि दुवै देशको सम्बन्धमा दरार उत्पन्न भएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ०७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह