अचानक लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी « Khabarhub

अचानक लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत-चीनबीच सीमाका विषयमा विवाद बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुगेका छन् ।

गलवान उपत्यकामा दुई पक्षबीच झडप भएपछिको अवस्था बुझ्न गएका मोदीले झड्पमा घाइते जवान र त्यहां कार्यरत सेना र आईटीवीपीका अधिकारीहरुसँग अन्तर्क्रिया गरेका ५न् ।

भारतीय संचारमाध्यममा चीफ आफ डिफेन्स स्टाफ जनरल बिपिन रावत लेह जाने समाचार प्रकाशित भएपनि अचानक शुक्रवार भारतीय प्रधानमन्त्री मोदी नै सेना प्रमुख एम नरवणेसहित त्यहाँ पुगेका हुन् ।

यसअघि रक्षामन्त्री राजनाथ सिंह लद्दाख जाने कार्यक्रम भएपनि अन्तिम समयमा भ्रमण रद्द भएको थियो ।

मोदीको भ्रमण चीनलाई सन्देश दिन र फौंजको हौसला बढाउन भएको नवभारत टाइम्सले जनाएको छ ।
प्रधानमन्त्री मोदीले ११ हजार फिट उचाईमा रहेको नीमूमा सेनाका जवानका साथै लेफ्टिनेण्ट जनरल हरिंदर सिंहसंग सीमाको अवस्थाको वारेमा जानकारी लिएका थिए ।

१५ जुनमा भारत र चीनका सेनाबीच गलवान उपत्यकामा भएको झड्पमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त घटनापछि दुवै देशको सम्बन्धमा दरार उत्पन्न भएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ०७ बजे

प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा

हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता

काठमाडौं – हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ

वचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली

ललितपुर– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका-२ र