लगानीयोग्य १४ परियोजनाको सूची तयार | Khabarhub Khabarhub

लगानीयोग्य १४ परियोजनाको सूची तयार


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगानी बोर्डले करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका लगानीयोग्य १४ वटा परियोजनाको सूची तयार पारेको छ ।

गत १५ र १६ चैतमा सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत विभिन्न ५० वटा सार्वजनिक परियोजनामध्ये लगानी बोर्डको कार्यालयले अहिलेसम्म करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका १४ परियोजनाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न गरी योग्य लगानीकर्ताको संक्षिप्त सूची तयार गरेको जनाएको हो ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले यस्तो जानकारी गराएका हुन् ।

सरकारले गत चैतमा भएको ‘नेपाल लगानी सम्मेलन–२०१९’मा ती परियोजनालाई सोकेसमा राखेर प्रस्तुत गरेको थियो । प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानी सम्मेलनबाहेकका १५ प्रस्तावमध्ये १० वटा परियोजना अध्ययनको चरणमा रहेको बताए ।

ती परियोजनाबाट देशको ऊर्जा, उद्योग, यातायात तथा कृषिलगायतका क्षेत्रका पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउँदै उनले सम्मेलनकै क्रममा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारीसमेत कार्यान्वयन भइरहेको जानकारी दिए ।

बोर्डका अनुसार तीमध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको छ ।

सो सम्मेलनपछि १० दशमलव ५४ अर्ब रुपैयाँ अनुमानित लागत भएको भेइकल म्यान्युफ्याक्चरिङ तथा एसेम्ब्लिङ प्लान्ट परियोजनाका लागि कोरियाको मोटेक्स कम्पनीसँग परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ ।

यसैगरी, प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रुपैयाँ लागतको चाइना–नेपाल फ्रेन्डसिप पार्क निर्माणका लागि समेत समझदारी भइसकेको छ ।

त्यस्तै, विराटनगर, वीरगन्ज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रुपैयाँ कुल लागतको मल्टी–मोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि २ वटा छुट्टाछुट्टै कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १२ : ०१ बजे

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय