लगानीयोग्य १४ परियोजनाको सूची तयार « Khabarhub

लगानीयोग्य १४ परियोजनाको सूची तयार


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगानी बोर्डले करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका लगानीयोग्य १४ वटा परियोजनाको सूची तयार पारेको छ ।

गत १५ र १६ चैतमा सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत विभिन्न ५० वटा सार्वजनिक परियोजनामध्ये लगानी बोर्डको कार्यालयले अहिलेसम्म करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका १४ परियोजनाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न गरी योग्य लगानीकर्ताको संक्षिप्त सूची तयार गरेको जनाएको हो ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले यस्तो जानकारी गराएका हुन् ।

सरकारले गत चैतमा भएको ‘नेपाल लगानी सम्मेलन–२०१९’मा ती परियोजनालाई सोकेसमा राखेर प्रस्तुत गरेको थियो । प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानी सम्मेलनबाहेकका १५ प्रस्तावमध्ये १० वटा परियोजना अध्ययनको चरणमा रहेको बताए ।

ती परियोजनाबाट देशको ऊर्जा, उद्योग, यातायात तथा कृषिलगायतका क्षेत्रका पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउँदै उनले सम्मेलनकै क्रममा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारीसमेत कार्यान्वयन भइरहेको जानकारी दिए ।

बोर्डका अनुसार तीमध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको छ ।

सो सम्मेलनपछि १० दशमलव ५४ अर्ब रुपैयाँ अनुमानित लागत भएको भेइकल म्यान्युफ्याक्चरिङ तथा एसेम्ब्लिङ प्लान्ट परियोजनाका लागि कोरियाको मोटेक्स कम्पनीसँग परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ ।

यसैगरी, प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रुपैयाँ लागतको चाइना–नेपाल फ्रेन्डसिप पार्क निर्माणका लागि समेत समझदारी भइसकेको छ ।

त्यस्तै, विराटनगर, वीरगन्ज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रुपैयाँ कुल लागतको मल्टी–मोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि २ वटा छुट्टाछुट्टै कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १२ : ०१ बजे

राष्ट्रियसभा अध्यक्ष इस्तानबुल प्रस्थान

काठमाडौँ– राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयु)को १५२औँ महासभामा

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको

हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो सम्पत्ति