कोरोनाबाट बच्न कैलालीको सीमानामा हेल्थ डेक्स | Khabarhub Khabarhub

कोरोनाबाट बच्न कैलालीको सीमानामा हेल्थ डेक्स


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट बच्न उच्च सतर्कता अपनाउँदै वडा नं ९ स्थित सीमानाका खक्रौलामा हेल्थ डेस्क स्थापना गरेको छ ।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाको समन्वय र सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा नाकाबाट आउजाउ गर्नेमध्ये सम्भावित सङ्क्रमितलाई मध्यनजर गर्दै स्क्यानर मेसिनबाट जाँच भइरहेको जनस्वास्थ्य प्रवर्द्धन शाखा संयोजक बलबहादुर रावलले बताए ।

“जाँचका लागि तीन जनास्वास्थ्यकर्मी परिचालन गरेका छौँ, दुई वटा स्क्यानर मेशिनको सहयोगमा जाँच भइरहेको छ”, संयोजक रावलले भने , “कोरोनाको सङ्क्रमणबाट बच्न सीमामा आवतजावत गर्ने नागरिकलाई पर्चा पम्पलेट वितरण र बच्ने उपायबारे जानकारी दिन थालेका छौँ ।”

विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरस आयातीत रोगका रुपमा नेपाल आउने प्रवल सम्भावना भएकाले नाकामा संवेदनशीलताका साथ उच्च निगरानी राखिएको छ ।

खक्रौलाको हेल्थ डेस्कमा सङ्क्रमित फेला परे वा सम्भावित व्यक्तिलाई उपचारका लागि टीकापुर अस्पतालमा छुट्टै आइसोलेशन वार्डको व्यवस्था गरिएको छ । दुई शय्याको वार्डमा सम्भावित भएकालाई राखेर उपचार गर्ने तयारी गरिएको टीकापुर अस्पतालका अध्यक्ष दीपक रावलले बताए ।

“कोरोना फैलन नदिन हामी सचेत भएका छौँ । हामीले जनचेतना फैलाउने कार्यसँगै उपचारका लागि आवश्यक तयारी पनि गरेका छौँ”, अध्यक्ष रावलले भने, “हामीले सार्वजनिकरुपमा नागरिकलाई सुरक्षित रहन अपिल पनि गरेका छौँ ।”

कोरोना भाइरस तीव्ररुपमा सर्ने रोग भएकाले यसबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिनु अति आवश्यक छ । रोग लाग्न नदिन सबैले स्वास्थ्यको ख्याल गरी सरसफाइसँगै आचरणमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : ०० बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी