लकडाउनबारे भोलि निर्णय गर्ने उच्चस्तरीय समितिको निर्णय « Khabarhub

लकडाउनबारे भोलि निर्णय गर्ने उच्चस्तरीय समितिको निर्णय


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले थप गृहकार्य गरेर लकडाउनबारे निर्णय गर्ने भएको छ ।

सोमबार दिउँसो  बसेको उच्चस्तरीय  समितिको बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँगको छलफलका आधारमा लकडाउनको मोडालिटी बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले सम्बन्धित पक्षसँग छलफल पछि लकडाउन बारे मन्त्रिपरिषदमा सिफारिस गर्ने जानकारी दिए । 

उनका अनुसार मंगलबार समितिको बैठक बस्ने छ । 

पछिल्लोपटक सरकारले लकडाउन बैशाख २५ गतेसम्म थप गरेको थियो । सोमबारसम्म देशभर ७५ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ०८ बजे

विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ