महान्यायाधीवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश « Khabarhub

महान्यायाधीवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७५/७६ को वर्षिक प्रतिवेदन पेश गरिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आर्थिक वर्ष २०७५/७६ को वर्षिक प्रतिवेदन पेश गरेका हुन् ।

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सोमबार राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता खरेलले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनमा सर्वाेच्च अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनहरुको सङ्ख्या १३ हजार ४९२ रहेकामा तीन हजार ४२९ थान फर्छ्यौट भई मुद्दामा सफलता प्रतिशत ५४.४९ रहेको उल्लेख छ । उच्च सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनहरुको सङ्ख्या २२ हजार ४३१ रहेकामा १५ हजार ०४४ थान फर्छ्यौट भई मुद्दामा सफलता प्रतिशत ४७.३१ रहेको छ ।

विशेष सरकारी वकिल कार्यालय, काठमाडौंबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा तथा निवेदनको सङ्ख्या तीन ६३१ रहेकामा एक हजार ६३९ थान फर्छ्यौट भई मुद्दामा सफलता प्रतिशत ८५.७८ रहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको जम्मा सङ्ख्या ५० हजार ५८० रहेकोमा २६ हजार ४७० थान फर्छ्यौट भई मुद्दामा सफलता प्रतिशत ७९.८८ रहेको छ । कार्यालयले समग्रमा सरकारवादी मुद्दा, रिट र निवेदनमा ६७.७० प्रतिशत सफलता प्राप्त भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयमा प्रतिसरकारी वकिल वार्षिक ४४९.७३ वटा, उच्च सरकारी वकिल कार्यालयमा प्रतिसरकारी वकिल वार्षिक २२८.८९ वटा, विशेष सरकारी वकिल कार्यालयमा प्रतिसरकारी वकिल २४२.०७ वटा र जिल्ला सरकारी वकिल कार्यालयहरुमा प्रतिसरकारी वकिल २४४.३५ वटा मुद्दा रहेको छ ।

समग्रमा प्रति सरकारी वकिलका मुद्दा सङ्ख्या २५७.५३ रहेको छ । सरकारी वकिलले सम्पादन गर्नुपर्ने अन्य कार्यसम्पादनलाई एकाइ मानेर हेर्दा प्रति सरकारी वकिल कार्यबोझ ९४१.९० रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ३१ बजे

विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ