म हर्टअट्याक भएपनि उठ्ने मान्छे हो : पूर्व युवराज पारस « Khabarhub

म हर्टअट्याक भएपनि उठ्ने मान्छे हो : पूर्व युवराज पारस


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज पारस शाहले आफ्नो स्वास्थयमा केही समस्या नभएको बताएका छन् ।

आफूलाई हृदयघात भएको भन्ने समाचारहरु सार्वजनिक भएको  भन्दै उनले आश्चर्य प्रकट गरे ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै पूर्व युवराज शाहले आफू हर्ट अट्याक हुने मानिस नभएको र यस्तो भ्रम नछर्न आग्रह गरे ।

‘हर्ट अट्याक हुने मान्छे हो म ?’ उनले भने, ‘हार्ट अट्याक भएपनि उठ्ने मान्छे हो ।’

आफ्ना बारेमा काम नपाएका मानिसहरुले अनर्गल प्रचार गर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे ।

लकडाउनका समयमा शाह केही साथीहरुसँग पोखरामा मस्ती गरिरहेका छन् ।

‘हो चार दिनदेखि ननस्टप पार्टी गरिरहेको छु’, उनले भने, ‘अझै हप्तादिन महिना दिन गर्छु ।’

एटिएमबाट पैसा चोरि भएको समाचार आएको भन्दै उनले आलोचना गरे । देशमा तीस बर्षदेखि आफूहरु विरुद्ध मानिसहरु लागेको उनको भनाइ थियो ।

‘नो थिङ रङ विथ मि,’ उनले भने, ‘देश यस्तै छ। ३० वर्ष भयो नेपाल अहिले पनि त्यस्तै छ ।’

भिडियो लाइभका क्ररममा पारससँग एक पुरुष र महिलाको स्वर सुनिन्छ ।

उनीहरुले लाइभका क्रममा आएका कमेन्टहरुबारे शाहलाई जानकारी गराउने र उनले भनेका कुरामा समर्थन गरिरहेका छन् ।

उनी चार दिन यता पोखरामा पार्टी गर्दै मस्ती गरिहेका छन् । जसको भिडियो फेसबुकमार्फत शाहले लाइभ गर्दै आएका छन् ।
चुरोटको धुवाँ उडाउँदै गीतको तालमा झुमिरहेका हुन्छन् । साथीहरुसँग उनी मस्त देख्न सकिन्छन् ।

लकडाउनका समयमा मानिसहरु बाहिर हिँडिरहेको भन्दै उनले भिडियो पोस्ट गर्छन् । नो कोरोना भन्दै नाचगानमा उनी व्यस्त छन् ।

यो पनि पढ्नुहोस्

लकडाउनका समयमा ‘नो कोरोना’भन्दै पोखरामा पूर्व युवराज पारसको मस्ती !

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : ०३ बजे

विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ