जाडोमा चाया परेर हैरान हुनुहुन्छ ? यी हुन् बच्ने उपाय « Khabarhub

जाडोमा चाया परेर हैरान हुनुहुन्छ ? यी हुन् बच्ने उपाय


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कपालमा चाया पर्ने समस्याको शिकार अधिकांश व्यक्ति भइरहेका हुन्छन् ।

जाडो होस् या गर्मी कपालमा चाया पर्ने समस्या हुन्छ । चायाका कारण कतिपयलाई यसले ठूलै सास्ति दिइरहेको हुन्छ भने व्यक्तिको व्यक्तित्वमा पनि यसले असर पार्छ ।

टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दाग देख्छिन् जसलाई चाया भनिन्छ ।

किन पर्छ चया ?

सामान्य अर्थमा भन्नुपर्दा चाया पर्नुको मुख्य कारण सरसफाइ हो । कपालको हेरचाह नै चायाको मुख्य कारण हो । यदी तपाईले कपालको हेरचाहमा ध्यान पुर्‍याउनु भएन भने चाया पर्ने सम्भावना हुन्छ । कपाल कम धुनाले चाया पर्ने सम्भावना उच्च हुन्छ ।

शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।

सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ ।
लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।

कसरी बच्ने ?

चायाबाट बच्नका लागि कपालको सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । यसका लागि नियमित रुपमा नुहाउनु आवश्यक छ । यसका साथै सन्तुलित भोजनले पनि चाया उत्पादनमा कमी ल्याउँछ ।

भिटामिनयुक्त खाना खाने, नियमित रूपमा कपाल नुहाउँने, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्ने गर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्छ । एन्टीडेन्ड्रफ स्याम्पुको प्रयोग र सफा पानीको प्रयोगमा ध्यान दिन सकियो भने चाया पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : ५१ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि