लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा उच्चस्तरीय समितिलाई « Khabarhub

लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा उच्चस्तरीय समितिलाई


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई दिएको छ ।

उच्चस्तरीय समितिले लकडाउनको मोडालिटीका विषयमा सरोकारवाला निकायसँग छलफल जारी राखेकाले आजको मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटी तयार पार्ने जिम्मा समितिलाई दिएको हो । समितले तयार पारेको मोडालिटी अनुसार आइतबार पुन: बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय लिने एक मन्त्रीले बताए ।

उनले भने, ‘लकडाउनको मोडालिटी आइतबारमात्रै तय हुने भयो । विज्ञ र सरोकारवालासँग छलफल गरेर सुझाव एकीकृत गरेपछि यस विषयमा टुंग्याइने छ ।

उच्चस्तरीय समन्वय समितिले विभिन्न क्षेत्रका सरोकारवालसँग छलफल जारी राखेको छ । मंगलबार उद्योगी व्यवसायीसँग छलफल गरेको समितिले बिहीबार शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारावालासँग परामर्श गरेको थियो । बैठकमा प्याब्सन, एनप्याब्सन, हिसानलगायतका प्रतिनिधि थिए ।

केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि आज यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।

सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन जेठ ३२ गतेसम्म जारी छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ८ : ३० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी