सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको पेट सुन्निने समस्या आई उपचार सम्भव नभएपछि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पहलमा धनगढीबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको सामाजिक विकासमन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

शल्यक्रियाबाट प्रसूति भएकी रावलको उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा सिफारिस हुँदै सेती प्रादेशिक अस्पतालमा ल्याइएको र सेती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको बताइको छ ।

उनलाई सुदूरपश्चिम सरकारको पहाडी जिल्लाका जटिल सुत्केरी अवस्थाका महिलालाई उद्धार गर्ने एयरलिफ्ट कार्यक्रममार्फत उद्धार गरिएको बताइएको छ ।

ई–पासमा कडाइ

जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनका समयमा यही वैशाख ३ गतेदेखि कार्यालयबाट जारी भइरहेको ई–पासमा कडाइ गर्ने भएको छ ।

प्रशासन कार्यालयले आजदेखि जिल्ला बाहिरका लागि उक्त ई–पास जारी नगर्ने र गर्नैपर्ने भए सम्बन्धित व्यक्ति/निकायले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमति दिएमा मात्र जारी गर्ने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिएको सोमबार प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ४१ बजे

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको