कोरोना भाइरस : हवाईजहाज चढ्दा अनिवार्य मास्क लगाउन यात्रुलाई निर्देशन | Khabarhub Khabarhub

कोरोना भाइरस : हवाईजहाज चढ्दा अनिवार्य मास्क लगाउन यात्रुलाई निर्देशन


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरसको सङ्क्रमणका कारण सङ्कटग्रस्त उड्ययन क्षेत्रले अनिवार्य रूपमा उडानको पुरै समय मास्क लगाउनुपर्ने व्यवस्था लागु गर्न थालेको छ।

यो साता अमेरिकाका ठूला वायुसेवाहरूले कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले यात्रु र चालकदलका सदस्यका लागि स्वास्थ्य र सुरक्षासम्बन्धी नयाँ नीतिहरू जारी गर्दैछन्।

विश्वका अरू वायुसेवाहरूले पनि हवाई उडान शुरू भएपछि मास्कलाई बाध्यकारी बनाउने तयारी थालेको बीबीसीले उल्लेख गरेको छ ।

हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् र वायुसेवाहरूले यसै महिनामा उडानहरू शुरू गर्ने लक्ष्य राखेका छन्।

सोमवार अमेरिकाको डेल्टा एअरलाइन्सले यात्रुहरूले चेक-इन क्षेत्र, प्रिमियम लाउन्ज, बोर्डिङ गेट र विमानमा सम्पूर्ण उडान अवधिभर मास्क वा अन्य मुख ढाक्ने वस्तु लगाउनुपर्ने बताएको छ।

अमेरिकन एअरलाइन्स र युनाइटेडले पनि चालकदलका सदस्य र यात्रुका लागि मास्कलाई अनिवार्य बनाउने बताएका छन्।

अमेरिकन एअरलाइन्सका एक प्रवक्ता कुर्ट स्टाचले आफ्नो वायुसेवा यात्रुहरूले यात्रा गर्दा मानसिक रूपमा शान्तिपूर्वक यात्रा गर्ने अवसर दिन प्रतिबद्ध भएको बताएका छन्।

उनले यात्रु र चालकदलका सदस्यका लागि चाँडै नयाँ स्वास्थ्य सुरक्षासम्बन्धी कदमहरू चालिने पनि बताए।

युनाइटेड एअरलाइन्सकी प्रवक्ता म्याडी किङले सबै यात्रुले अनिवार्य रूपमा अनुहार ढाक्नुपर्ने उल्लेख गर्दै यात्रामा नि:शुल्क मास्क उपलब्ध गराइने बताइन्।

तर सबै वायुसेवाले मास्कलाई बाध्यकारी बनाएका भने छैनन्।

क्वान्टस एअरवेजले अस्ट्रेलियाले मास्क लगाउनुपर्ने व्यवस्था नगरिसकेको उल्लेख गर्दै हालका प्रतिबन्धहरू खुकुको भएपछि चालिने कदमका बारेमा सरकार वा वायुसेवाले कुनै निर्णय नगरेको जनाएको छ।

उसले वेबसाइटमा उडिरहेको विमानमा कोरोनाभाइरसको सङ्क्रमण हुने सम्भावनालाई न्यून राखिएको उल्लेख गर्दै आफ्ना सबै उडानहरूमा सामाजिक दूरीको व्यवस्था गरिएको उल्लेख गरेको छ।

हाल अस्ट्रेलियाको प्रमुख स्वास्थ्य अधिकारीको निर्देशनहरू सबै पालना गरिरहेको उक्त वायुसेवाको भनाइ छ।

वायुसेवाका लागि संसारभर लागु गराउने नीतिको निर्देशन अन्तर्राष्ट्रीय हवाई यातायत एसोसिएसन आईएटीएजस्ता अन्तर्राष्ट्रिय निकायबाट आउनुपर्छ।

उडानहरू सुचारु भएपछि चालिने भनिएका विभिन्न कदमहरूमा त्यस विषयलाई पनि समेटिएको आईएटीएका प्रवक्ताले जनाएका छन्।

वायुसेवाहरूले कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन यात्रा अवधिलाई लक्षित गर्दै अरू सुरक्षाका कदमहरू चाल्ने बताएका छन्।

त्यस्ता कदम तत्कालीक वा दीर्घकालीन कुन प्रकृतिको हो भन्ने कुरा प्रष्ट भइसकेको छैन।

उडानअघि विमानमा बढी प्रयोग भएका क्षेत्रलाई सङ्क्रमणमुक्त गर्न सरसफाइमा जोड दिने र प्रत्येक उडानमा यात्रुको सङ्ख्या घटाउनेजस्ता कदम चालिएका छन्।

एकअर्कासँग सम्पर्क कम गर्न यात्रुहरूलाई खाना र पेय पदार्थ बोक्न पनि प्रोत्साहित गर्न थालिएको छ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ४३ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र