एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग राख्दै राखेपमा पत्र « Khabarhub

एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग राख्दै राखेपमा पत्र


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न माग गर्दै चार जिल्ला फुटबल संघका अध्‍यक्षले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पत्र बुझाएका छन् ।

शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरुले आवश्यक कारवाही गरी पाउँ भन्दै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पत्र बुझाएका हुन् ।

काठमाडौंका अध्यक्ष विराटजंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुरका अध्यक्ष गौतम सुजखु र धादिङका अध्यक्ष दीपक खतिवडाले उक्त पत्रमा हस्ताक्षेर गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा थप बुझ्ने भन्दै एक भएर एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा राखेको राखेपले जनाएको छ ।

एन्फा अध्यक्ष शेर्पाले केही समय अगाडि एक अनलाइनलाई दिएको अन्तरवार्तामा तराईमा राष्ट्रियता नभएको भन्दै अभिव्यक्ति दिएका थिए ।

ग्रासरुट कार्यक्रमबारे बोल्दै उनले तराईमा राष्ट्रियता सिकाइ रहेको बताएका थिए । सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष शेर्पा विवादमा छन् ।

उनको विषयमा प्रधानमन्त्री कार्यालय, राखेप, मधेश आयोग र फिफा र एएफसीमा समेत उजुरी परिसकेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ६ : ३१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी