यस्तो हुनेछ सोमबारबाट बजारमा आउने ५० रुपैयाँको नयाँ नोट « Khabarhub

यस्तो हुनेछ सोमबारबाट बजारमा आउने ५० रुपैयाँको नयाँ नोट


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट सोमबारबाट बजारमा ल्याउने भएको छ ।

ती नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जिबी नेपालको हस्ताक्षर रहने जनाइएको छ ।

राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो । नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर रहेका नयाँ नोटहरु भने आगामी कात्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।

सो नोटको अघिल्लो भागमा सगरमाथाको चित्र र लालीगुँरासको पानी छाप रहेको छ । त्यस्तै, नोटको तल्लो भागको बोर्डरमा नेपालीमा वि.सं २०७५ लेखिएको छ । अर्को भागमा हिउँ चितुवाको चित्र रहेको छ ।

नोटको मध्य भागमा नेपाल राष्ट्र बैंक लेखिएको हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ४६ बजे

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी