यस्तो हुनेछ सोमबारबाट बजारमा आउने ५० रुपैयाँको नयाँ नोट « Khabarhub

यस्तो हुनेछ सोमबारबाट बजारमा आउने ५० रुपैयाँको नयाँ नोट


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट सोमबारबाट बजारमा ल्याउने भएको छ ।

ती नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जिबी नेपालको हस्ताक्षर रहने जनाइएको छ ।

राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो । नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर रहेका नयाँ नोटहरु भने आगामी कात्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।

सो नोटको अघिल्लो भागमा सगरमाथाको चित्र र लालीगुँरासको पानी छाप रहेको छ । त्यस्तै, नोटको तल्लो भागको बोर्डरमा नेपालीमा वि.सं २०७५ लेखिएको छ । अर्को भागमा हिउँ चितुवाको चित्र रहेको छ ।

नोटको मध्य भागमा नेपाल राष्ट्र बैंक लेखिएको हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ४६ बजे

ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे : जनवरी २०२६ देखि पद सम्हाल्ने !

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति (एक्टिङ

एलन मस्कको ग्रोकमाथि मलेसिया-इन्डोनेसियाको प्रतिबन्ध

एजेन्सी– मलेसिया र इन्डोनेसिया एलन मस्कको एक्सएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स

काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौं– थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी