प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली « Khabarhub

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख  ५५ हजार ५७२ राजस्व असुल गरेको छ ।

गत असोज १ गते अनलाइनमार्फत राजस्व सङ्कलन थालेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ ।

त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल गरेको कामपाले जानकारी गराएको छ ।

अहिलेसम्म सबैभन्दा बढी वडा नं १ बाट रु तीन करोड सात लाख ५५ हजार, २६ वडाबाट रु २२ करोड ३५ लाख ५२ हजार र  सबैभन्दा कम वडा १८ बाट रु चार लाख ९८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिए  ।

उनका अनुसार अनलाइन प्रणालीबाट राजस्व सङ्कलन कार्यलाई नागरिकले सहजसाथ लिएका छन् ।

कर तिर्नका लागि कार्यलयसम्म आउनुपर्ने र आएर पनि लाइन बस्नुपर्ने समस्याको अन्त्य भएको छ ।  यहीअनुरुप कर सङ्कलन भए लक्ष्यभन्दा बढी असुल हुनेछ । गत आवमा कोरोनाले असर पारे पनि लक्ष्यको ८३ प्रतिशत रकम असुल गरेको थियो ।

अनलाईन कर असुली कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउनु हो ।

अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् ।

यसमा करदाताले कामपालाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्क करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ ।

करदातासँग सम्बन्धित र सोधिएका र माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट कसलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ ।

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानून र दरका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (इसेवा, कनेक्ट आइपीएस, फोनपे, आइएमइपे, प्रभु पे)लगायतबाट भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ३१ बजे

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन