नेपालमा घट्दैछन् सक्रिय संक्रमित « Khabarhub

नेपालमा घट्दैछन् सक्रिय संक्रमित


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्ला दिनमा सक्रिय कोरोना संक्रमितको संख्या घट्न थालेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित संख्या १४ हजार २ सय ५५ मा झरेको छ।

कुल संक्रमित संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २४ जनामा कोरोना संक्रमण देखिएको छ।

गत असोजमा ४० हजारसम्म पुगेको संक्रिय संक्रमित संख्या त्यसयता निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ। कोरोनामुक्त हुनेदर बढ्दै गएको र संक्रमणमा परेकाको दोस्रो पटकको पिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएकाले संक्रिय संक्रमण घटेको देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ७४ जनाको पिसिआर विधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ६ जना कोरोनामुक्त भएका छन्। यही अवधिमा संक्रमणबाट थप १० जनाको निधन भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या भने १ हजार ५ सय ७७ पुगेको छ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ०३ बजे

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने