कोरोना भाइरस : २४ घण्टामा थप ४ हजार ७२८ को मृत्यु, ७१ हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : २४ घण्टामा थप ४ हजार ७२८ को मृत्यु, ७१ हजारबढी संक्रमित


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४१८ पुगेको छ ।

विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७२८ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ । २४ घण्टाको अवधिमा ७१ हजार २५४ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ४१ हजार ८३४ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

२४ घण्टामा थप २५ हजार १९३ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ५५० पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ९ हजार ६१० छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार १५९ जनाले ज्यान गुमाएका छन् ।

दोस्रो धेरै संक्रमित स्पेनमा भएका छन् । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ६४६ पुगेको छ । अहिलेसम्म स्पेनमा १२ हजार ६४१ जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा ६९४ जनाको मृत्यु भएको छ ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ८८७ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ५२५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : १७ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व