भारतमा ८ प्रहरीको हत्या गर्ने दुबे नेपाल भागेको हुन सक्ने आशंका | Khabarhub Khabarhub

भारतमा ८ प्रहरीको हत्या गर्ने दुबे नेपाल भागेको हुन सक्ने आशंका


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको कानपुरमा आठ प्रहरीको हत्या गर्ने विकास दुवे नेपालतिर भागेको हुन सक्ने भन्दै भारतीय प्रहरीले खोजबिन तीव्र पारेको छ ।

घटनाको चारदिन बितिसक्दा पनि फरार रहेका दुवेलाई खोज्न जुटेको प्रहरी टोलीले दुवे नेपालतिर भागेको हुनसक्ने आशंका गरेको हो ।

प्रहरीले उसको सूचना दिनेलाई एक लाख भारु पुरस्कार दिने घोषणा गरेको छ । दुबेलाई पक्राउ गर्नका लागि धरपकड जारी छ ।

प्रहरीले बाटोमा हिँड्ने मानिसलाई दुबेको पोस्टर देखाउँदै यसलाई कतै देख्नुभएको छ भन्दै सोधिरहेको छ ।

दुबेलाई खोज्नका लागि एसटीएफका २० टोली र तीन हजारभन्दा बढी प्रहरी खटाइएको छ ।

नेपालतिर भाग्ने आशंका गरिएकाले सीमावर्ती सात जिल्लामा विशेष अलर्ट जारी गरिएको छ ।

विकासको परिवारका सदस्य अनि निकटवर्ती लगभग ५०० मानिसको मोबाइल फोनलाई प्रहरीले निगरानीमा राखेको छ ।

उसलाई सूचना दिने प्रहरीहरूमाथि पनि निगरानी राखिएको छ । ऊ र उसका साथीहरूलाई पक्राउ गर्नका लागि उत्तर प्रदेशका सबै ७५ जिल्लामा अलर्ट जारी गरिएको छ ।

विकास दुबेलाई शुक्रबार पक्राउ गर्न गएका प्रहरीमाथि गोली चलाउँदा आठ प्रहरीको मृत्यु भएको हो । उसलाई पक्राउ गर्न आउने सूचना पनि प्रहरीले नै दिएको पत्ता लागेपछि सूचना दिने प्रहरीको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : १६ बजे

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन