रसुवागढी नाका पाँच महिनापछि एकतर्फी सुरु « Khabarhub

रसुवागढी नाका पाँच महिनापछि एकतर्फी सुरु


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- बन्द भएको झण्डै पाँच महिनापछि रसुवागढी नाका एकतर्फी सुचारु भएको छ।

कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पु¥याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् ।

सोमबार चीनतर्फबाट चारवटा कन्टेनर नेपाल आएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तले बताए। कन्टेनरमा तयारी पोसाक र जुत्ता ल्याइएको छ।

व्यवसायीहरुले अब नियमित रुपमा सामान ढुवानी गर्नसक्ने रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले बताए।

सोमबार आइपुगेका सामानको भन्सार प्रक्रियाका लागि व्यवसायीले अनलाइन फारम नबुझाएको र मंगलबार बुझाएमा बुधबारबाट भन्सारको प्रक्रिया सुरु हुने खड्काले बताए।

दुई दिन भन्सारमा रेड जोनमा राखिने र संक्रमणरहित (डिसइन्फेक्सन) गरेर पठाइने भन्सार कार्यालयले जनाएको छ।

कोरोना संक्रमणका कारण गएको माघ १४ देखि सीमानाका बन्द गरिएको थियो। चीनमा संक्रमण कम भएसँगै नाका खुल्ला गरिएको हो।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : २३ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम