रसुवागढी नाका पाँच महिनापछि एकतर्फी सुरु « Khabarhub

रसुवागढी नाका पाँच महिनापछि एकतर्फी सुरु


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- बन्द भएको झण्डै पाँच महिनापछि रसुवागढी नाका एकतर्फी सुचारु भएको छ।

कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पु¥याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् ।

सोमबार चीनतर्फबाट चारवटा कन्टेनर नेपाल आएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तले बताए। कन्टेनरमा तयारी पोसाक र जुत्ता ल्याइएको छ।

व्यवसायीहरुले अब नियमित रुपमा सामान ढुवानी गर्नसक्ने रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले बताए।

सोमबार आइपुगेका सामानको भन्सार प्रक्रियाका लागि व्यवसायीले अनलाइन फारम नबुझाएको र मंगलबार बुझाएमा बुधबारबाट भन्सारको प्रक्रिया सुरु हुने खड्काले बताए।

दुई दिन भन्सारमा रेड जोनमा राखिने र संक्रमणरहित (डिसइन्फेक्सन) गरेर पठाइने भन्सार कार्यालयले जनाएको छ।

कोरोना संक्रमणका कारण गएको माघ १४ देखि सीमानाका बन्द गरिएको थियो। चीनमा संक्रमण कम भएसँगै नाका खुल्ला गरिएको हो।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : २३ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको