अयोध्यामा राम मन्दिर शिलान्यासपछि विश्व हिन्दु महासंघको प्रतिक्रिया – धार्मिक सम्बन्ध भौगोलिक नक्शाभन्दा माथि « Khabarhub

अयोध्यामा राम मन्दिर शिलान्यासपछि विश्व हिन्दु महासंघको प्रतिक्रिया – धार्मिक सम्बन्ध भौगोलिक नक्शाभन्दा माथि


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्व हिन्दु महासंघले भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास भएकोप्रति खुशी व्यक्त धार्मिक सम्बन्धमा कुनै पनि सीमाना नहुने बताएको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गरी अयोध्यामा निर्माण हुने राम मन्दिर विश्वभरीका हिन्दुहरुको आस्थाको धार्मिक तीर्थस्थल बन्ने विश्वास पनि व्यक्त गरेको छ।

‘भगवान रामचन्द्रलाई वैदिक सनातनी हिन्दु धर्मावलम्बीहरु मर्यादा पुरुषोत्तम ठान्दछन्, तसर्थ अयोध्यामा निर्माण हुने श्रीराम मन्दिर संसारभरीका हिन्दुहरुको आस्थाको धार्मिक तीर्थस्थल बन्ने छ भन्ने हाम्रो अटल आस्था र विश्वास रहेको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वैदिक सनातन हिन्दु धर्मले निर्माण गरेको हाम्रो आध्यात्मिक तथा धार्मिक सम्बन्ध कुनै पनि भौगोलिक र राजनीतिक नक्साभन्दा माथि छ ।’

बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अयोध्यामा राम मन्दिर निर्माणस्थलमा भूमि पुजन तथा शिलान्यास गरेका थिए ।

उक्त समारोहमा मोदीले नेपालसँग भगवान रामको आत्मीय सम्बन्ध रहेको बताएका थिए । त्यस्तो आत्मीय सम्बन्ध जानकी माता (सीता)सँग जोडिएको उनले बताएका थिए ।

भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिने अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले इस्लाम धर्मावलम्बीको बाबरी मस्जिद भत्काएको थियो । बाबरी मस्जिद राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो ।

सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनहरुबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको पनि हुने फैसला गरेको थियो । अदालतको फैसलापछि राममन्दिर निर्माणका निर्णय भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ४ : ०४ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री