बालुवाटारमा नेकपा सचिवालय बैठक जारी « Khabarhub

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा सांगठनिक एकीकरणका बाँकी काम साथै मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने एक नेताले बताए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका छन् ।

त्यसका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग पनि उनले परामर्श गरेका छन् । त्यसबारे पनि बैठकमा छलफल हुने सम्भावना रहेको ती नेताले बताए ।

यस्तै, असोज ६ मा बसेको बैठकले १० दिनभित्र बाँकी सांगठनिक एकीकरणको प्रस्ताव बनाउन अयक्षद्वय ओली र दाहालसँगै महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो । तर, दश दिनको समयसिमा सकिँदा पनि प्रस्ताव तयार भएको छैन । त्यसबारे पनि छलफल हुने भएको छ ।

यसैगरी पार्टीमा छलफलविनै अघिल्लो हप्ता सरकारले नियुक्त गरेका तीन राजदूतबारे छलफल हुने जनाइएको छ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ५ : ३९ बजे

नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण रसुवा-

६ वटा बैंकको खुद नाफा घट्यो, एनआईसी एशियाको नाफा निरन्तर ओरालो

काठमाडौं– नेपाली बैंकिङ क्षेत्रको समग्र खुद नाफामा गत वर्षको तुलनामा

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

भद्रपुर– भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको

अष्ट्रेलियामा सबै अन्तराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा- अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै अन्तराष्ट्रिय यात्रुका

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र