संसदीय समितिद्वारा ‘द्रुत मार्ग’को म्याद तीन वर्ष थप्नुको कारण माग « Khabarhub

संसदीय समितिद्वारा ‘द्रुत मार्ग’को म्याद तीन वर्ष थप्नुको कारण माग


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद एकै पटक तीन वर्ष थप्नुको कारण सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले काठमाडौं–तराई–मधेस द्रुतमार्गको समय एकै पटक तीन वर्ष थप्नुको कारण र आधारहरु समितिमा पेश गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

काडमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र आगामी कार्ययोजनाको सम्बन्धमा छलफल भएपछि निर्णयहरु सुनाउँदै समिति सभापति कल्याणीकुमारी खड्काले एकै पटक तीन वर्षको समय थप्नुको आधार र कारणहरु समितिमा पेश गर्न निर्देशन दिइन् ।

त्यस्तै काठमाडौं–तराई–मधेस द्रुतमार्गको कार्य समयमा सम्पन्न गर्न छनौट गरिएको अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट कम्पनी र निर्माण व्यवसायी कालो सूचीमा परेको विषय पनि आएकोले त्यस सम्बन्धमा १५ दिनभित्र विस्तृत विवरण समितिमा पेश गर्न द्रुतमार्ग आयोजनालाई निर्देशन दिएको छ ।

समितिले काठमाडौं तराई द्रुतमार्ग आयोजना समयमा नै सम्पन्न होला भन्ने आम जनताको आकांक्षा पूरा गर्न र नेपाली सेनाको प्रतिष्ठा कायम गर्न समेत आयोजनालाई निर्देशन दिएको छ । समितिले आयोजनाको निर्माणमा संलग्न पक्षले कर्यप्रगतिको चौमासिक प्रतिवेदन एवं आगामी कार्ययोजनाको वार्षिक कार्ययोजना समेत तयार गरी सोही अनुरुप काम गर्न र उक्त प्रतिवेदन समितिमा पेश गर्न आयोजनालाई निर्देशन दिएको छ ।

साथै, काठमाडौं तराई द्रुतमार्गको ठेक्का सम्बन्धी कार्यहरुका बारेमा जनताबाट प्रश्न उठिरहेको भन्दै पारदर्शी र विश्वसनीय ढंगले काम गर्न समितिले द्रुतमार्ग आयोजना र नेपाली सेनालाई निर्देशन दिएको छ ।

नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको अवस्थाको बारेमा विस्तृत विवरण सात दिनभित्र समितिमा पेश गर्न समेत समितिले रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ०५ बजे

६ वटा बैंकको खुद नाफा घट्यो, एनआईसी एशियाको नाफा निरन्तर ओरालो

काठमाडौं– नेपाली बैंकिङ क्षेत्रको समग्र खुद नाफामा गत वर्षको तुलनामा

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

भद्रपुर– भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको

अष्ट्रेलियामा सबै अन्तराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा- अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै अन्तराष्ट्रिय यात्रुका

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी– नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल