डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते « Khabarhub

डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीमा शनिबार मध्यराति जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप बउखेल्ले भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा चनकेसैनका ४० वर्षीय हरिनायारण भट्ट, बोगटान गाँउपालिका ७ का वडा सचिव २७ वर्षीया मञ्जु त्रिपाठी र उनकै ५५ वर्षीया सासुआमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा ३० वर्षीय कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बाँगफाटाका २८ वर्षीय हेमन्त भट्ट,डोटी बोगटान ७ की ४० वर्षीया खेमादेवी गिरी र नाम नखुलेका ३ वर्षीया बालक छन् । घाइतेहरूलाई उपचारका लागि दिपायल पठाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ४६ बजे

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको

अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक

स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा

काठमाडौँ – विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग