दाइजोमा नगद « Khabarhub

दाइजोमा नगद


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर नगरपालिका–५ का झरना रिमाललाई विवाहको निम्तो कार्ड आयो ।

झरनाकै आफन्त पर्नेले पठाएको कार्डको तलपट्टि लेखिएको थियो ‘कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला ।’

आफ्नो परिवार वा आफन्तका छोरीको विवाह हुँदा सरसामान नै दाइजो दिने झरनालाई यो कार्डले नगद नै दाइजोमा दिन बाध्य बनायो ।

‘कार्डमै सामान नदिनु भनिएको छ, यसको अर्थ नगद नै दिनुहोला भनेको हो नि’, झरनाले भनिन्, ‘रकम दिए काम लाग्छ, सामान राख्ने ठाउँ अभाव हुन्छ भनेर होला । आजभोलि अधिकांशले दाइजोमा सामान लिन मान्दैनन् ।’

टीकापुरकी टङ्कमाया पोखरेललाई पनि साथीको विवाहको निम्ता कार्ड आयो । कार्डमा जिन्सी सामान नल्याउन र सामाजिक दूरी कायम गरेर आउन उल्लेख गरिएको छ ।

‘सामान आफूले चाहेजस्तो किनौँ भन्ने हुन्छ, आजभोलि मानिसले दाइजो नगद नै होस् भन्ने चाहन्छन्’, टङ्कमायाले भनिन्, ‘सरसामान बोक्न झन्झट हुन्छ, रुपैयाँ भए काम लाग्छ भनेर नगद नै चाहनेहरु बढेका छन् ।’

विगतमा जिन्सी सामान दाइजोले भरिने विवाहमा आजभोलि जिन्सी सामान कमै देखिन्छन् ।

समाजशास्त्री शिवचरण चौधरी विगतमा कसको दाइजो कति आयो भनी हेर्ने समाज विस्तारै परिवर्तन हुँदै गएको बताउँछन् ।

‘केही वर्ष पहिला दुलही ल्याएमा दाइजो हेर्ने गाउँले जम्मा हुन्थे तर आजभोलि समय परिवर्तन भएको छ’, समाजशास्त्री चौधरीले भने, ‘आजभोलि हुने विवाहमा दुलही कति पढेकी छ, कहाँ जागिर गर्छ भन्ने चर्चा हुन्छ । यो विवाह संस्कारमा आएको सकारात्मक परिवर्तन हो ।’

समाजशास्त्री चौधरीका अनुसार समाजले पढेलेखेकी र जागिरे बुहारी खोज्न थाल्नुले छोरीको महत्व बढेको छ ।

नेपालको कानूनले दाइजो लेनदेन गर्नु अपराध मानेको छ । तर, नेपाली समाजमा दाइजो प्रथा अझै कायम छ । विगतजस्तो दाइजो दिनेलिने चलन केही परिवर्तन भए पनि अन्त्य भने हुनसकेको छैन ।

आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन नमिल्ने भए पनि अझै दाइजो प्रथा अन्त्य नहुनुले पनि महिलामाथि हिंसा बढिरहेको अधिकारकर्मी नयनतारा श्रेष्ठ बताउँछिन् ।

‘परिपक्व बनाएकी छोरीको कमाइखाने बेला अर्काको घर पठाउनुपर्छ’, श्रेष्ठ भन्छिन्, ‘पढेलेखेकी, जागिरे छोरी विवाह गरी पठाउँदा पनि सरसामान भरिभराउ गरेर पठाउने चलन गलत होइन त ?’

सामाजिक व्यवहार ऐन, २०७५ मा विवाह गर्दा दाइजो लिन दिन नहुने उल्लेख छ । तर, समाजमा कार्यान्वयन हुनसकेको छैन ।

जन्ती जाँदा बाजागाजासहित ५१ जनाभन्दा बढी लैजान नहुने पनि ऐनमा उल्लेख छ । केटा वा केटी पक्षले विवाहभोजमा नजिकका नातेदारबाहेक छरछिमेक र इष्टमित्रमध्ये ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने व्यवस्था छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ४० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि